२०८० चैत्र १६ गते शुक्रवार

नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक ला लिगा प्रसारण गर्दै डिशहोम



काठमाडौं । ला लिगा फुटबल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमै पहिलोपटक डिशहोमले प्रसारण गर्ने भएको छ । स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा ला लिगाका खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ ।
डिशहोमका ग्राहकहरुले दुई हजार रुपैयाँको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर सञ्चालन हुने खेलहरु हेर्न सक्नेछन् ।

डिशहोमका मल्टि टिभीका ग्राहकहरुले अतिरिक्त सेट-टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप दुई हजार रुपैयाँको सिजन टिकट खरिद गर्नुपर्ने हुन्छ ।

डिशहोमका ग्राहकले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताहरुले टोल फ्रि नम्बर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरुले ९८०११५५००० वा ०१ ४२१७६६६ मा सम्पर्क गर्न सक्नेछन् ।

हाल डिशहोमका ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट छिट्टै सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत पनि उपलब्ध हुनेछ ।

बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, भ्यालेन्सीया जस्ता उत्कृष्ट क्लबहरु खेल्ने र सबैभन्दा लोकप्रिय व्यवसायिक फुटबल लिगमध्येको एक ला लिगाको चर्चा तथा लोकप्रियता नेपालमा पनि राम्रै छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसले यसअघि पनि फिफा वर्ल्डकप २०१८, युरो २०२० र कोपा अमेरिका २०२१ जस्ता लोकप्रिय तथा विश्वस्तरीय प्रतियोगिताहरु सफलतापूर्वक प्रसारण गरिसकेको छ ।

नेपाली टेलिभिजनका दर्शक तथा फुटबलप्रेमीहरुले उत्कृष्ट प्रतियोगिताको मनोरञ्जन लिनसक्ने अपेक्षा डिशहोमले लिएको छ ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार