२०७९ माघ १६ गते सोमवार

कटुवा पेस्तोलसहित तीन जना पक्राउ



कपिलवस्तु श्रावण २८-
कपिलवस्तुमा प्रहरीले कटुवा पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।

महाराजगंज नगरपालिका ९ औरहवाबाट कपिलवस्तुका २० वर्षीय लक्षमण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय समसाद अहमद खाँलाई नियन्त्रणमा लिएको जनाइएको छ।

नियन्त्रणमा लिएको लक्ष्मणको साथबाट एक थान घरेलु नल कटुवा पेस्तोल र विश्वम्वरको साथबाट सो पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको बताइएको छ ।

पक्राउ परेका लक्ष्मण र विश्वम्वरले दिएको बयानको आधारमा समसादलाई पनि पक्राउ गरिएको जनाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार