२०८१ चैत्र ७ गते शनिवार

भारतीय प्रहरीमा कार्यरत ३४ वर्षीय ढकालको धारिलो हतियार प्रहार गरी हत्या



चितवन – भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । भारतको विहारमा पर्ने गोपालगञ्ज जिल्लास्थित थानामा कार्यरत भरतपुर महानगरपालिका–६ केशरवागका ३४ वर्षीय अर्जुन ढकालको मंगलबार राति धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।

उनी उक्त थानामा हवल्दार पदमा कार्यरत थिए । ड्यूटीमा नै खटिरहेको समयमा ढकालको धारिलो हतियारको प्रहारबाट हत्या भएको विहार पुलिसले पुष्टि गरेको स्थानीय दीपक पाठकले जानकारी दिए ।

गोपालगञ्ज डिस्ट्रिट पुलिसबाट उनको शव पोष्टमार्टमको प्रक्रिया सुरु गरिएको खबर आएको पाठकको भनाइ छ । उक्त घटनाका विषयमा ड्यूटी समयमा खटिएका अन्य प्रहरी जवानसँग पनि सोधपुछ भइरहेको भन्ने खबर गोपालगञ्ज डिस्ट्रिट पुलिसबाट आएको पाठकले बताए ।

मृतक ढकालको शव पोष्टमार्टमपश्चात नेपाल ल्याउने तयारी भइरहेको आफूलाई जानकारी प्राप्त भएको भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले जानकारी दिए । ढकाल विहार पुलिसमा विगत १५ वर्षदेखि कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार