२०८२ बैशाख ४ गते शुक्रवार

विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन



दिपेन्द्र कडेल

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको छ ।

पहिलो कुरा के बुझ्न जरुरी छ भने हेगमा कुनै पनि व्यक्तिले मुद्दा लड्न पाइदैन । कुनै पनि एउटा देशले अर्को देशको विरुद्ध मुद्दा लड्ने हो । मतलब नेपालले भारतको विरुद्धमा वा भारतले नेपालको विरुद्ध । कुनै एक व्यक्तिले अर्को व्यक्तिको विरुद्ध मुद्दा लड्ने ठाउँ होइन, हेग । तसर्थ, सर्वप्रथमत : हेगमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने कुरा वाइयात हो ।

म तपाईहरुलाई भन्न चाहन्छु, प्रचण्ड भन्ने व्यक्तिको नामको पक्षमा म छैन, तर म शान्तिप्रक्रियाको पक्षमा छु । जुन शान्तिप्रक्रियाका जिउँदो हस्ताक्षरकर्ता प्रचण्ड हुन् । हामीले बुझ्नुपर्ने कुरा के हो भने गिरिजाप्रसाद कोइराला र प्रचण्डको नेतृत्वदायी भूमिका नभएको भए जनयुद्धकालमा १८ हजार मात्रै होइन, १८ लाख जनता मर्थे यो देशमा । त्यसैले गिरिजाबाबुको लिडरसिप र प्रचण्डको नेतृत्वदायी भूमिकालाई हामीले सम्मान गर्नुपर्छ ।

केही दिनअघि अध्यक्ष प्रचण्डले आफूलाई हेगमा लगेको खण्डमा आफू विश्वकै हिरो भएर निस्किने अभिव्यक्ति दिनुभएको छ । हो, साँच्चै हेगमा लगेको खण्डमा प्रचण्ड साँच्चै हिरो बन्नेछ, यो सत्य हो । आज रुवाण्डाको घट्ना सबैलाई थाहा हुनुपर्छ । प्रचण्डको लिडरसीपका कारण यो देश त्यस्तो दुरगती हुनबाट जोगिएको छ । यो हामीले बुझ्नुपर्छ ।

केही मान्छेहरु अहिले दिन–दिनै प्रचण्डलाई हेगमा लैजान्छु, भनेर बोलिरहेका छन् । म उनीहरुलाई सोध्न चाहन्छु, प्रचण्डलाई लैजानेले किन बोल्ने ? लगेर देखाओस् । प्रचण्ड एउटा व्यक्ति होइन, देशको भर्सनालिटी (बहुप्रतिभाका धनी) फिगर हो । जसले देशलाई शान्तिप्रक्रियामा ल्याएको छ ।

मुल कुरा भनेको प्रचण्डलाई हेगमा लैजान्छु भनेर नेपालकै नेताहरुले उचालिरहेका छन् । प्रचण्डजी अमेरिका जाने भन्ने कुरा कसलाई थाहा थियो ? एउटा चिठी बनाउन ५ दिन लाग्छ, प्रचण्डजी जानेवित्तिकै लेटर हालेर पक्राउ गर्न एक महिना लागछ ? आखिर त्यतिबेला यो लेटर लेख्न लगाउने को हो ?
अन्तिममा, विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन । प्रचण्ड आफैँमा फरक खालका क्षमता र बुद्धि भएका नेता हो । त्यसैले हामीले खुल्ला दिलले प्रचण्डलाई देश बनाउने जिम्मा दिनुपर्छ । हेगको डर प्रचण्ड या कसैले लिनुपर्दैन ।
(उज्यालो नेटवर्क बाट)

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार