२०८० मङ्सिर १२ गते मङ्गलवार

जनता भोट बैंक मात्र होईनन ब्यबस्था परिवर्तनका सम्बाहक हुन



श्रावण २०”श्रीधर साहु” ;हामी सोझा जनता
बिवाद त हामी काग सेतो हुन्छ भनेर पनि गर्न सक्छौ तर यथार्थ मा काग कालो नै हुन्छ ।अहिले नेपाल मा चलिरहेको कालो राजनीति कालो मन भएका नेताहरु तर सबै नेताहरु गलत छन् भन्ने चाहिँ होइन । जनतामा पनि राम्रो लाई राम्रो र गलत लाई भन्ने सस्कार हुनु पर्छ आफ्नो भन्ने होइन ।

समय परिस्थिति सँगै राजनीति माहोल पनि वदलियो ।कुनै पार्टीको उद्देश्य गलत छैन गलत छन् पार्टी चलाउने उच्च स्तरका नेताहरु। जनता सबै पार्टीका समान मतदाता हुन।पार्टी विच को सत्रुता र फोहोर राजनीति ले यहाँ गरिव दुखि जनताहरु पिर मर्कामा परेका छन्।जनता लाई खुशि जनता लाई लाभान्वित गराउनु पनि नेता हरु को दायित्व हो ।
अहिले धेरै चर्चा मा आएको भुमिहिन सुकुम्बासी आयोग खारेज को गरौ। लाग्छ यो सबै जनता को साझा लाभदायक आयोग हो जस वाट लाखौं जनता हरु को मुहारमा खुशि छाएको थियो ,केही आशा पलाएको थियो तर यहाँ अहिले यो आयोग खारेज हुदाँ दुखि जनता माझमा पीडा र निराशाजनक स्थिति छाएको छ।नयाँ सरकारले यो आयोग ले भुमिहिन सुकुम्बासी आयोग खारेज गरदियको छ।राजनीति पार्टीको डाहा ले हो त्यो नेपाली सोझा जनता लाई थाहा भएन।पार्टी -पार्टी बिचको राजनीति खिचातानी ले हामी नेपाली जनता ले कहिले सम्म खेलौना र दुख पाउने ? आशा छ अहिले को नयाँ सरकारले भुमि हिन सुकुम्बासी आयोग लाई पुन गठन गर्दै गरिव दुखि जनता लाई लालपुर्जा वितरण गरेर हरेक जनता को मनमा खुशि दिनेछ।चाहे त्यो जुन सुकै पार्टीको होस राम्रो काम गर्ने लाई जनता ले साथ अबस्य दिन्छन् ।हाम्रो देशमा धनी भन्दा गरिव सङ्ख्या तेब्बर छ ।चाहे त्यो जुनसुकै पार्टी होस अब चुनाव नजिक आउदैछ यो बुझ्नु होस।जनता को पीडा होइन खुशि र उल्लास छाउने काम गर्ने छन् जनता लाई दुख ,पीडा होइन ।जनता को आशा भरोसा लाई टुट्न दिने छैनन् नत्र आउने चुनाब मा तपाई र तपाईंको पार्टीको मुल्यांकन तपाईं ले पीडा ,निराशा पैदा गरेका जनता ले दिने छन्।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार