डिजिटल विज्ञापन नै फेसबुकको आम्दानीकाे मुख्य स्रोत हो । तर, कम्पनीले लामो समयदेखि हार्डवेयर प्रडक्टमा समेत काम गरिरहेको छ । जसमा कम्पनीले यसअघि नै भीआर सार्वजनिक गरेको थियो ।
त्यसबाहेक कम्पनीले अब आफ्नो आगामी प्रडक्टको रुपमा रे–वानसँगको सहकार्यमा ‘स्मार्ट ग्लास’ ल्याउने भएको छ । बिहीबार कम्पनीका सीईओ मार्क जुकरबर्गले रे–वान स्मार्ट ग्लास ल्याउने तयारीमा कम्पनी जुटेकाे जानकारी दिएका छन् ।
‘रे–वान ग्लास धेरैका लागि आइकन हो,’ उनले भने, ‘त्यसैले हामी यो अग्मेन्टेड रियालिटीलाई प्रयोगकर्ताको हातमा पुर्याउन उत्साहित छौं ।’
हुन त फेसबुकको स्मार्ट सन ग्लास आउने विषय सन् २०१९ देखि नै चल्दै आएको हो । हालै याे प्रडक्ट बजारमा सार्वजनिक हुने चर्चासँगै यसले स्मार्टफोनलाई विस्थापित हुने दावी कम्पनीले गरेको छ ।
याे प्रडक्टमार्फत कल उठाउन, विभिन्न सामाजिक सञ्जाल चलाउनका साथै लाइभ स्ट्रिम भिडियो हेर्नसमेत सकिने जनाइएको छ ।
प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार