२०८१ बैशाख ६ गते बिहिवार

राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी छु’ गौरिका



जापानको टोक्योमा आयोजना भइरहेको ओलम्पिक्स २०२० मा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

आफ्नो हिटमा तेस्रो भएकी गौरिकाले यसअघि उनकै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन्। आफ्नो कीर्तिमानी सुधार गरेकी उनले आफू खुशी रहेको बताएकी छिन् ।

गौरिकाले भने, ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी लागेको छ ।,’ बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् ।

टोकियो एक्वाटिक सेन्टरमा भएको महिला १०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धामा गौरिकाले १ मिनेट ०.११ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

यसक्रममा उनले दक्षिण कोरियामा भएको १८औं फिना विश्व च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ०.।६२ सेकेन्डको रेकर्ड तोडेकी हुन्।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार