साउन”११”दाङ तुल्सिपुर
“नेपाल” मेरो देशले आफ्नो नाम बिश्वमा आज हरेक दृस्टिकोणबाट आफ्नो पहिचान बनाउन सफल भएको छ।बिश्वमानचित्रमा आज नेपाललाई विभिन्न उपनामले चिन्दछन जस्तै ;बहादुरहरुको देश , गोर्खेहरुको देश , सगरमाथाको देश आदि । एतिमात्र नभयर नेपाललाई प्रकृतिको खानी भनेरपनी आज बिश्वले चिन्दछ तर एति हुदाहुदै पनि म एक स्वतन्त्र युबा आफ्नो मनमा लागेका घृणित नेपालको राजनितीलाई मेरा घृणाको शब्दहरु पोख्दै छु ।
मैले थाहापाउदा देखि र अलिकती भएपनी राजनिती बुझ्दा देखि कहिलेपनी देशको बारेमा सोच्ने म र म जस्ता हजारौं युबाहरुको बारेमा सोच्ने , गरिब ,दुखी , निमुखाहरुको बारेमा सोच्ने एउटापनि असल राजनितीज्ञ देखेन र मनभारी बनाएर एउटा हजारौं सपना बोकेको युबा ,आफ्नै देशमा केही गर्छु भन्ने सोच बोकेको युबा आज निराश भएर यो घिनलाग्दो मेरो देशको राजनितिलाई शब्दमार्फत प्रहार गर्दौ छु …..।
हामिहरुले देख्यौ धेरै दलका आफुलाई सर्बोच्च ठान्नेहरुले सत्ताको नेतृत्व गरेको तर कसैबाट परिबर्तन नहुने आशा देखियपछी म र मजस्ता हजारौं युबाहरु आज सबै आशालाई निराशामा परिबर्तन गरेर आफ्नो भबिस्य खाडिमा खोज्दै हातमा पासपोर्ट नामको सर्टिफिकेट बोकेर दलाल नामका ब्यक्तिहरुको सम्पर्कमा भौतारिरहेका छौ ।आफ्नो देशमा हुदा थुप्रै सपनाहरु देखेका म र मजस्ता थुप्रै युबाहरुको सपना त्यतिकैमा खुम्चिन्छ अनि अर्को सपना बन्छ त्यो सपना हुन्छ गयको ऋन तिर्ने र सानो घर बनाउने र तेहि आफ्नो बुवा-आमा प्यारी अनि छोराछोरीसङग बस्ने ।यी सबैको एउटै कारक तत्त्व भनेका ती हुन जसलाई मैले चिन्दै आयको छु र उपनाम दियको छु नालायक राजनितीज्ञ …
म मेरो देशको कुनैपनी पार्टीलाई चिन्दिन र नाम लिनपनी चाहदिन किनभने मेरो देश नेपालमा यिनिहरुले देश बनाउनको लागि ,जनताको हक हितको लागि होईन एउटा जागिरको लागि राजनिती गरेका छ र एस्ता नालायकहरुको नाम लियर म आफ्नो शब्दहरूलाई अपमान गर्न चाहदिन ।
यिनिहरुले पचाउने चिजभरी सबै पचाईसकेका छन जस्तै लाज ,घृणा ,तिरस्कार, त्यहिभयर जति भनेपनी केही हुनेवाला छैन त्यसैले म फेरिपनी भन्छु “आसा हरायको हाम्रो राजनिती “