२०८१ बैशाख ७ गते शुक्रवार

एन्फा उपाध्यक्षले दुःख दिएको भन्दै राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा



नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अले राजीनाको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफुले राजीनामा दिन लागेको बताएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई दुःख दिएको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
एन्फा उपाध्यक्ष नेम्वाङले आफूलाई अनेक बहाना बनाएर दिनदिनै दुःख र हैरानी दिएको प्रशिक्षक अलमुताइरीको भनाइ छ । राजीनानामा दिने जानकारी गराएका उनले आजै एन्फामा उक्त राजीनामा पत्र बुझाउने समेत बताएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार