
बाके श्रावण ७-बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्जका तीन युवाको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुर–१० स्थित डुडुवा खोलामा पुगेका पाँच जनामध्ये पौडी खेल्ने क्रममा खोलामा डुबेर तीन युवाको मृत्यु भएको हो।
मृत्यु हुनेमा नेपालगन्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय अरिव जसगढ रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नयाब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
उनीहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेको छ । पौडी खेल्ने क्रममा उनीहरु डुबेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उद्धारका लागि घटनास्थल पुगेको थियो । उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पाल नेपालगंजमा राखिएको छ ।
प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार