२०८१ माघ २४ गते शुक्रवार

युथफोर्सलाई टक्कर दिन नेपाल द्वारा पिपुल्स भोलिन्टियर घोषणा



काठमाडौ श्रावण ७:
पुष्पलाल स्मृति दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा ने क पा एमाले का वरिष्ठ नेता माधब कुमार नेपालले पिपुल्स भोलिन्टियर घोषणा गर्नुभएको हो ।
नेकपा एमालेको दुईपक्षीय शक्ति संघर्षमा युवा संगठन ‘फ्रन्ट लाइन’मा देखिएको छ । पार्टी बिबाद समाधानका लागि कार्यदलस्तरमा अनौपचारिक छलफल भैरहेकै बेला केही दिनअघि संस्थापन पक्षले युथफोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स गठन गरेको थियो ।
आज शक्ति प्रदर्शन गर्दै नेपाल पक्षीय युवासंघले झण्डै एक हजार जनाको उपस्थितिमा पिपुल्स भोलिन्टियर घोषणा गरेको हो । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, नेता रघुजी पन्त,देवशंकर पौडेल, दिलकुमारी पन्त,निरज आचार्य लगायत झण्डै एक हजार जनाको सहभागिता रहेको बताइएको छ ।
हिजो मात्रै संस्थापन पक्षका नेता प्रभु साहले भक्तपुरमै ‘साइबर आर्मी’ नामक संगठन घोषणा गरेका थिए ।
उता
मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ । बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो ।
बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार कसले तोडफोड गर्याे भन्ने टुङ्गो छैन । बिहीबार १२ बजे कार्यक्रम सुरु गर्ने तयारी थियो । तर अज्ञात समूहले ११ बजे कार्यक्रमस्थल तोडफोड गरेको उनले बताए ।
ओली समूहले माधवकुमार नेपाल पक्षले तोडफोड गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट समूहले ओलीहरुको रबैयाको बिरोध गर्दै तोडफोड गरेको बताए ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार