२०८० असोज १७ गते बुधवार

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षाको फारम खुल्यो भाद्र १९ बाट परिक्षा हुने



काठमाडौ श्रावण ७-
नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षानाम दर्ता प्रमाणपत्रका लागि पिसिएल वा बिएस्सी नर्सिङ र व्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थी का लागी अगामी भदौ १९ गतेबाट परिक्षा सुरु गर्ने भएको छ । काउन्सिलले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम भर्न सक्ने जनाएको छ ।
यस्तै भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिनेछ । नाम दर्ता प्रमाणपत्रका लागि नेपाल नर्सिङ काउन्लिलले पिसिएल वा बिएस्सी नर्सिङ र व्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थी सहभागी हुन सक्ने काउन्सिलले जनाएको छ । परीक्षाका लागि आवेदन अनलाइन माध्येमबाहेक अन्य माध्येमबाट भर्न अर्थात बुझाउन नपाइने भन्दै http://nnc.org.np/ मा गइ दिइएको निर्देशन अनुसार फारम बुझाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार