नाम श्रीधर साहु तुल्सिपुर उपमहानगर वडा नम्बर ८”अस्वारा यस्तै पार्टीको खाँचो छ हामीलाई ।तर यो कुरा यहाँ कल्पना को मात्र हो ।नेताहरु ले भोट माग्न आउदा हजुर सँग गरेका बाचाहरु पुरा गरे कि नाइ एक पटक सोच्नुहोस।देश लाई परिवर्तन गर्ने भनेको नै जनता हुन तपाई हामी सबै देशमा ठुलो परिवर्तन आयो भन्छौ खोई कहाँ आयो ? अरु कुरा छोडौ यहाँ ब्यक्ति अनुसार का पढ्ने शैक्षिक संस्थाहरु निर्माण भएका छन् गरिव र धनिले पढ्ने स्कुल फरक फरक छन्।अनि कसरि समानता छ शिक्षामा?जनता ले पार्टीको लागि होइन पार्टी ले जनताको को लागि के गर्यो? भन्ने कुरा महत्त्वपूर्ण हो ।मुना लाई छोडेर मदन विदेश गरि मृत्यु होइन आफ्नै देशमा वसेर मदन ले मुना लाई खुशि वनाउने लाखौं युवा हरु को खुशि थप्न सक्ने नेता चाहान्छौ हामी।पद र शक्ति का लागि आत्महत्या गर्छु भन्ने होइन ।नेपाल का नेताहरु र राजनीति सँग आश त गरेस भर त नपरेस जस्तै हो हामी लाई ।तर पनि हामी सोझा नेपाली जनता पटक पटक ठक्कर खादा पनि भोट लाई आफ्नो नागरिक अधिकार सम्झेर भोट दिइरहन्छौ।राम्रो काम गर्नुहोस नेता ज्यु हरु नत्र एक दिन नेपाली जनताको पाप लाग्नेछ ।
प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार