२०८१ बैशाख ६ गते बिहिवार

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए संसद पद जाेगियाे



साउन, ४”। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।
उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार