२०८१ माघ ५ गते आइतवार

सल्यानका अधिकांश सामुदायिक विद्यालयहरुले भर्ना चर्को भर्ना शुल्क उठाएको



सल्यानका अधिकांश सामुदायिक विद्यालयहरुले भर्ना चर्को भर्ना शुल्क उठाइरहेकाे छन् । अविभावक सहयाेग भन्दै सामुदायीक विद्यालयहरुले विद्यार्थी भर्नाकाे मुखमा शुल्क लिइरहेका हुन् ।

सरकारले सामुदायीक विद्यालयमा निशुल्क भर्ना भनेपनि विद्यालयकाे कुनै आर्थिक स्राेत नभएकाेले शुल्क उठाइरहेकाे विद्यालयहरुले जनाएका छन् ।

थारमारेमा रहेकाे जनकल्यान नमुना माविले अंग्रेजी माध्यामकाे कक्षाकाे लागि भन्दै प्रति विद्यार्थी २१ सय सम्म भर्ना शुल्क उठाएकाे छ । यध्यवी याे विद्यालय सल्यानकै सबैभन्दा धेरै आर्थिक स्राेत भएकाे विद्यालय हाे ।

त्यस्तै बनगाड कुपिण्डेमा रहेका मुक्ति माविले पनि विद्यार्थी भर्ना शुल्कका नाममा २ हजारसम्म लिएकाे खुलेकाे छ । प्रभाकर मावि र कृष्ण माविले १५ सय सम्म शुल्क लिइरहेका छन् ।

बालकल्याण मावि कोटबाराले ५ सय रुपैयाँसम्म शुल्क लिएको जनाएको छ । यता खलंगाको त्रिभुवन जन माविले भने कुनै शुल्क नलिएको बताएको छ ।

आफुहरुले अंग्रेजी माध्यामका शिक्षक राख्नुपर्ने भएकाे कारण अविभावक सहयाेग भनेर शुल्क लिएकाे जनकल्यान नमुना माविका प्राचार्य पुर्ण भण्डारी पंकजले बताए ।

त्यस्तै कृष्ण माविका प्राचार्य हिरा बहादुर खत्रीले विद्यालयकाे आर्थिक अवस्था कमजाेर भएकाे कारण अविभावकबाट सहयाेग उठाउनु परेकाे बताए । उनले विद्यालयकाे प्रशासनिक खर्च यहि रकमबाट व्यस्थापन गर्ने बताए ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार