२०८१ माघ ५ गते आइतवार

तुलसीपुरमा एक जना पुरुष आफ्नै घर नजिक मकैबारीमा मृत अवस्थामा फेला परेकाे छ



असार२९”तुलसीपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी मुकुन्दप्रसाद रिजालका अनुसार हिजो तुलसीपुर उपमहानगरपालिका १५ निवासी ५५ वर्षीय सार्के चौधरी आफ्नै घर नजिक मकैबारीमा मृत अवस्थामा फेला पर्नुभएको हो ।

आइतबार घाँस काट्न जान्छु भनि घरबाट निस्किएका चौधरी घर नफर्किएपछि खोजी गर्ने क्रममा आफ्नै घरको मकै बारीमा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार