२०७९ माघ १६ गते सोमवार

घाेराहीका दामोदर पाैडेल माथि धारिलो हतियार प्रहार भएको छ ।




असार २८”
दाङमा एक व्यक्ति माथि धारिलो हतियार प्रहार गरिएको छ । जिल्लाको घोराही उपमहानरपालिका वडा नम्बर १५ निवासी अन्दाजी ६० वर्षिय दामोदर पाैडेल माथि धारिलो हतियार प्रहार गरिएको हो ।

आज विहान करिब ७ बजे मनिङवाक हिडेको समयमा घोराहीको रतनपुर चोक नजिक अटोभिलेज जाने बाटोनेर अज्ञात व्यक्तिद्धारा पाैडेल माथि धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

घट्नामा घाईते भएका पाैडेलकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको डिएसपी रिजालले जानकारी दिनुभएको छ । उहाँको अवस्था मध्यम रहेको छ । घटनामा संलग्न व्यक्तिको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार