२०८१ माघ २४ गते शुक्रवार

एमाले कार्यदलको बैठक अाज साझ सात बजे बस्ने फेरि



२४ असार शंकर भुसाल। नेकपा एमालेको विवाद समाधानका लागि बस्काे कार्यदलको बैठक विहिवार दिउँसो केहीबेर बसेर स्थगित भएको छ । आन्तरिक विषय मिलाउन भन्दै केहीबेर स्थगित भएको बैठक बेलुका सात बजे फेरि बस्ने नेताहरूले जनाएका छन् ।बुधवार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपछि विवाद समाधान थप सहज बनेको नेताहरूको दाबी छ । आन्तरिक तयारीका लागि अहिले बैठक स्थगित भएको र सात बजे बस्ने बैठकले सम्भवत सबै विवादको समाधान निकाल्ने कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले हाम्रो online  जानकारी दिनुभयो ।
कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरू पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ । माओवादी केन्द्र छाडेर आएका नेताहरूको व्यवस्थापन लगायतकाविषयमा पनि सहमति जुट्न बाँकी छ ।प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार