दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा आयोजित निःशुल्क आँखा जाँच शिविरमा झण्डै ४ सय नागरिकले सेवा लिएका छन्।
राप्ती आँखा अस्पताल रक्षाचौर र तुलसीपुर–३ नम्बर वडा कार्यालयको सहकार्यमा सञ्चालन गरिएको शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका नागरिकको परीक्षण तथा आवश्यक परामर्श दिइएको थियो।
शिविरमा मोतियाबिन्दु देखिएका बिरामीलाई निःशुल्क शल्यक्रियाको सुविधा समेत उपलब्ध गराइने वडा अध्यक्ष विजय विकले जानकारी दिनुभयो।
वडावासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज १५ गते शुक्रवार







