२०८३ बैशाख १६ गते बिहिवार

तुलसीपुर–३ थापापानीस्थित श्री प्राथमिक विद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण



दाङको तुलसीपुर उपमहानगरपालिका–३ थापापानीमा अवस्थित श्री प्राथमिक विद्यालय  का विद्यार्थीहरूलाई आज शैक्षिक सामग्री तथा न्यानो कपडा आज एक कार्यक्रम बिच  विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको  छ

विकट बस्तीमा रहेको यस विद्यालयले लामो समयदेखि कुनै पनि सहयोग नपाएको विद्यालय प्रशासनले बताइरहेका बेला “हाम्रो नेपाल, हामी नेपाली” अभियानको नेतृत्वमा उक्त सहयोग कार्यक्रम सम्पन्न गरिएको हो। सहयोगदाता गोरख वलीबाट रु. १५,००० दोमकान्त बस्यालबाट रु. २,५००“हाम्रो नेपाल, हामी नेपाली” टिमबाट रु. ९,५०० गरी जम्मा रु. २७,००० बराबरको शैक्षिक सामग्री तथा न्यानो कपडा विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको छ

कार्यक्रम “विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र रोकाको अध्यक्षतामा तथा हाम्रो नेपाल हामी नेपाली स्वतन्त्र अभियान दाङ शाखाका संयोजक  मेघराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि केसीले सहयोग सानो भए पनि यसले विद्यार्थीहरूलाई प्रत्यक्ष राहत पुग्ने बताउँदै आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता समेत  व्यक्त गर्नुभयो थियोे

  कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षिका मनकुमारी सुनारको   गरिएको थियो भने विद्यालयका प्रधानाध्यापक ईश्वरी घिमिरेले विद्यालयको वर्तमान अवस्था र आवश्यकताबारे प्रकाश पार्नुभएको थियो। उहाँले विद्यालय भवन चार काेठाकाे निर्माण प्रक्रिया अगाडि बढे पनि हालसम्म सम्पन्न हुन नसकेको, जिर्ण अवस्थामा रहेका कक्षाकोठामा विद्यार्थीहरूलाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको थियो।

कार्यक्रममा उपस्थित वक्ताहरूले विद्यालयलाई गरिएको सहयोगप्रति विद्यालय परिवारको तर्फबाट आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई ठूलो हौसला मिल्ने बताएका थिए। कार्यक्रममा जेन्जी दाङ जिल्लाका अध्यक्ष विजय केसी, “हाम्रो नेपाल, हामी नेपाली” अभियानका सल्लाहकार भूपबहादुर केसी, जेन्सी तुल्सिपुर उपमहानगरपालिका  अध्यक्ष जनक खनाल लगायतले ग्रामीण विद्यालयलाई पनि शहरका विद्यालयसरह समान दृष्टिले हेर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता सहयोग कार्यक्रमको महत्वमाथि जोड दिनुभएको थियो।कार्यक्रमको सहजीकरण सावित्रा बि क ले गर्नुभएको थियो

प्रकाशित मिति : २०८२ पुष १२ गते आइतवार