तुलसीपुर उपमहानगरपालिकामा सम्पन्न एक कार्यक्रममा जनक खनाललाई जेन्जी तुलसीपुर उपमहानगरपालिकाको संयोजकमा जिम्मेवारी दिएको छ युवा समाजसेवी सन्दीप गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जेन्जी प्रदेश नं. ५ का संयोजक आदित्य आचार्य प्रमुख अतिथिका रुपमा रहनुभएको थियो भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम जेन्जीका संयोजक खेमराज साउथ, गुञ्जन सिंह शाही, सामाजिक अभियन्ता भूपबहादुर भण्डारी, ‘हाम्रो नेपाल हामी नेपाली’का संयोजक मेघराज केसी, निमबहादुर खड्का, लक्ष्मण वली र विकास सेन लगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा नारायण डाँगी, पत्रकार अशोक शर्मा, देव बी.के., पत्रकार किरण लमिछाने तथा जेन्जी टिमका अभय सुनार, आयुष बुढाथोकी, सरोज क्षेत्री, अर्जन केसी, सन्तोष रेग्मी, मनिष साही, शशीराम खड्का, समिर बुढाथोकी, चन्दबहादुर ओली, तेज केसी, सुरेश सुमेर मगरलगायतका युवा सहभागी थिए।
कार्यक्रमका सहभागीहरूले आफ्ना माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका थियो। साथै सरकारले निर्दोष जेन्जी युवालाई फोटोको आधारमा पक्राउ गरेको प्रति घोर आपत्ति जनाउँदै तत्काल माग पूरा गर्न आग्रह गरेका थिए। आन्दोलनकै क्रममा युवालाई थुन्ने कार्य बन्द गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए। कार्यक्रमको सहजीकरण सन्दिप गौतमले गर्नुभएको थियो। ।








