२०८३ बैशाख १६ गते बिहिवार

जन्मदिनको अवसरमा समाजसेवी युवराज बुढाथोकीद्वारा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण



तुलसीपुर–६ । युवा समाजसेवी युवराज बुढाथोकीले आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउँदै दिदिघर संस्थामा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।

सामाजिक उत्तरदायित्वबारे सचेत हुँदै उनले हरेक युवाले फजुल खर्च गर्नुभन्दा समाजिक सेवामा लाग्नुपर्ने आवश्यकता रहेकाे बाउनु भएको छ

“समाजमा रहेका गरिब तथा दुःखीलाई सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म र पुण्य हो,” कार्यक्रमका क्रममा बुढाथोकीले बताउनु भएको छ

निरन्तर समाजसेवामा सक्रिय बुढाथोकीले आफ्नो सानो सहयोगले पनि बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। साथै, उनले सबै युवाहरुलाई समाजमा परिवर्तन ल्याउने अभियानमा सहभागी हुन आग्रह समेत गरेका थियो

Oplus_131072
Oplus_131072

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार