२०८३ बैशाख १६ गते बिहिवार

त्रिदेव सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सम्पन्न



तुलसीपुर, दाङ

त्रिदेव सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, तुलसीपुर दाङको आयोजनामा तथा लुम्बिनी प्रदेश विपद् व्यवस्थापन कार्यालय गुल्म, तुलसीपुर, दाङको प्राविधिक सहयोगमा आज मिति २०८२ साल मङ्सिर १२ गते विद्यालय परिसरमा विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम त्रिदेव स्कुलका प्रधानाध्यापक श्री मनोज हमालको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिमका प्रमुख अतिथि लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुरका  प्रहरी बरिष्ठ नायव निरीक्षक सन्तोष शाह हुनुहुन्थ्यो। यस्तै कार्यक्रममा प्रहरी सहायक निरीक्षक ऐन कुमार थापा तथा श्री यज्ञ घर्तीको विशेष आतिथ्यता कार्यक्रम भएको थियोे । तालिममा कुल १० जना प्रहरी जवानहरूको सहभागिता थियो।
तालिमका क्रममा विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई विपद् के हो, कसरी उत्पन्न हुन्छ, र यसको रोकथाम तथा न्यूनीकरणका उपायहरू बारे विस्तृत रूपमा जानकारी दिएकाे थियोे । साथै आगलागी तथा अन्य आकस्मिक विपद्का अवस्थामा अपनाउनुपर्ने सावधानी तथा क्षति न्यूनीकरणका उपायहरू प्रयोगात्मक माध्यमबाट प्रदर्शन गर्दै प्रहरी टोलीले व्यावहारिक सिकाइ प्रदान गरे।
कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रमको सहजीकरण सहजीकरण त्रिदेव स्कुलका कोअर्डिनेटर श्री पोषण वलीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते शुक्रवार