२०८३ बैशाख १६ गते बिहिवार

तुलसीपुर–३ खमारीमा शिव मन्दिरको शिलान्यास




तुलसीपुर–३, खमारी (दाङ)
सातले सात मन्दिर पर्यटन विकास समितिको पहलमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३, खमारीमा निर्माण हुन लागेको शिव मन्दिरको आज एक विशेष समारोहका बीच शिलान्यास गरिएको छ। समाजसेवी कलिभान रोकाले जानकारी दिनुभएको छ
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष वीरबहादुर बिक रहनुभएको थियो। सो अवसरमा वडा सदस्य कर्णबहादुर बुढा स्थानीय युवा बुद्धिजीवी लगायतका लगाएका उपस्थित रहेका थियो साे अबसरमा
वडा अध्यक्ष बि,क ले , शिव मन्दिर निर्माण पूरा भएपछि स्थानीय क्षेत्रमा नयाँ पर्यटकीय सम्भावना थपिने र यसले विकासलाई अझ गति प्रदान गर्नेछ। उहाँले खमारी क्षेत्र विकट रहेकाले मन्दिर निर्माण आवश्यक र प्राथमिकता भएको पनि बताउनुभयो।
निर्माण हुन लागेको शिव मन्दिरको कुल लागत रु ६ लाख ५० हजार रहने अनुमान गरिएको छ। मन्दिर निर्माणका लागि आवश्यक रकम सामुदायिक वन तथा सहयोगी दाताहरूबाट जुटाइने समितिले जनाएको छ।
यसैक्रममा रायपानी सामुदायिक वन उपभोक्ता समूह, तुलसीपुर–३ खमारीले मन्दिर निर्माणका लागि रु १ लाख सहयोग गर्ने घोषणा समेत गरेकाे थियोे
सातले सात मन्दिर पर्यटन विकास समितिका अनुसार, स्थानीयको सहभागिता, धार्मिक आस्था र भविष्यका पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै शिव मन्दिर निर्माण कार्यलाई छिट्टै पूरा हुने समेत बताउने भएको थियोे

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते शुक्रवार