२०८२ बैशाख ४ गते शुक्रवार

रोल्पामा सञ्चालन भएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा १ हजार माथिले सेवा लिए,,




रोल्पामा सञ्चालन भएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट १ हजार ४३ जनाले सेवा लिएका छन् ।
जिल्लाको लुग्री गाउँपालिकाको बराह क्षेत्र माध्यामिक विद्यालयको प्राङगणमा शनिबार उक्त शिविर सञ्चालन भएको थियो ।
लुंग्री गाउँपालिका, स्वास्थ्य कार्यालय रोल्पा, रोल्पा अस्पताल रोल्पा र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. बुटवलको आयोजना तथा सत्प्रयास समूह रोल्पाको समन्वयमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरबाट दाँत सम्बन्धी समस्या भएका १ सय ११ जना, हार्डजोनी समस्या भएका २ सय ८७, भिडियो एक्सरेमा २ सय ६०, जनरल फिजिसियनमा २ सय १० तथा ब्रेस्ट अंकु सर्जरी तर्फ १२ जनाले सेवा लिएको सत्प्रयास समूहका अभियान्ता कुल बहादुर डाँगीले जानकारी दिनुभयो ।
यस्तै मार्नर वटीमा ५, फिजियो थेरापीमा १४ जनाको उपचार गरिएको छ भने नसर्ने रोगको स्वास्थ्य चेकजाँच ५ सय ४ जनाले गरेका थिए । त्यसमा ब्लड प्रेसर जाँच ६२ र सुगर जाँच १६ जनाले गरेका थिए ।
शिविरमा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. बुटवलका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सोमबहादुर आले, कन्सल्टेन्ट फिजिसियन डा.द्वारिका प्रधान, ब्रेस्ट अंको सर्जन डा. सन्जय पाण्डे, कन्सलटेन्ट जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डा. विनय के.सी. र कन्सल्टेन्ट फिजिसियन डा. गोकर्ण पन्थी तथा प्रसुति, महिला, निसन्तान तथा आई.भि.एफ. विशेषज्ञ डा. प्रदीपकुमार श्रीवास्तव लगायत १६ जनाको टोलिले उपचार गर्नुभएको थियो ।
यस्तै रोल्पा अस्पताल रेउघाबाट डेन्टल सर्जन डा. सूर्य प्रताप रैदास, मेडिकल अधिकृतहरु डा. नीरज घर्तीमगर, डा.मुबासिर हुसैन खान र डा. युवराज महरा लगायत ३१ जनाको टोलीले सेवा प्रदान गर्नुभएको हो ।
साथै स्वास्थ्य कार्यालय रोल्पाका माधव रावत सहित ३ जना र अनमोल फार्मेसी डेन्टल सर्जरी लिबाङका डेन्टल हाइजिनिष्ट तथा सेभेन हेवन डेन्टल सुलिचौरबाट शविरमा खटेर विरामी स्वास्थ्य परिक्षणका साथै उपचारमा सहयोग गर्नुभएको थियो ।
लुङ्ग्री गाउँपालिकामा दाँत सम्बन्धी समस्या भएका व्यक्तिको संख्या धेरै पाइएको रोल्पा अस्पतालका डेन्टल सर्जन सूर्य प्रताप रैदासले बताउनुभयो । बालबालिकामा समेत दाँत नै फाल्नुपर्ने समस्या बढी देखा परेको उहाँले बताउनुभयो । यसका लागि विहान साँझ अनिवार्य ब्रस गर्ने र गुलियो खानेकुरामा कम गर्न रैदासको सुझाव छ ।
निःशुल्क स्वास्थ्य शिविरको अवसरमा सत्प्रयास रोल्पाले स्वास्थ्य शिक्षा प्रदर्शनी कार्यक्रम पनि गरेको थियो ।
गाउँपालिकामा भएको निःशुल्क विशेषज्ञ शिविरबाट नागरिकहरु लाभान्वित भएका छन् । यस्ता खालका शिविरले आर्थिक अभावका कारण उपचार पाउँन नसेकेका विरामीलाई हौसला मिल्नुको साथै बृद्धबृद्धा देखि बालबालिका बढी प्रभाववित हुने देखिएको छ । ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते आइतवार