२०८१ चैत्र ७ गते शनिवार

सखुवा प्रसौनीमा तेस्रो T-20 क्रीकेट टुर्नामेनटमा दोस्रो दिन बिन्दवासिनी र पोखरीया बिजय



पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालीका वार्ड न २ औराहाँ पंचगावा मैदानमा सखुवा प्रसौनी युवा समाज द्वारा आयोजित त सखुवा प्रसौनी गाउँपालीकाको सहयोग ले तेस्रोपटक T-20 क्रीकेट टुर्नामेन्ट शनिबारदेखि सुरु भएको छ ।

सखुवा प्रसौनीमा २ पंचगावा को खेल मैदान मा पहिलो दिनको खेलमा परवानीपुर V/S अपौनी हुदा परवानीपुरलाई पराजित गराउदै 80 रन ले अपौनी बिजय भएको थियो । आइतबार र सोमबार राती बर्षा भएको कारनले २ दिन खेल रोकेको थियो भने आज मंगलबार २ ओटा टिमलाई २ पटक गरि खेलाएको छ ,सखुवा प्रसौनी युवा समाजको सचिव सरोज पटेलले जनकारी गराउनु भयो ।

मंगलबार २ ओटा खेल मधे पहिलो खेल बहुदरमाई V/S बिन्दवासिनी हुदा ,

बहुदरमाई V/S बिन्दवासीनी बिच हुदा जसमा टस जितेर बहुदरमाई बवलिङ रोजेको थियो ।  16 ओभर खेलेर 10 विकेट को छतिमा 81 रन बनायो बहुदरमाइ 82 रनको लक्ष्य पछ्याउने क्रम मा 5 ओभरमा 11 रनमा अल आउट भयो । बहुदरमाई टिम लाई पराजित गराउदौ  70 रनले बिन्दवासिनी टिम विजय भएको छ । जसमा बिन्दवासिनी को धानसुन्द्र 2 ओभरमा 3 विकेट लिएर मेन अफ द मैच भएका छन ।

दोस्रोपटक खेलहुदा – कालिकामाई V/S पोखरिया

दोस्रो पटकको गेम पोखरीया V/S  कालिकामाइ बिच हुदा । टस जितेर पोखरीया बैटिङ रोजेको थियो 16 ओभर खेलेर 9 विकेट को छतिमा 87 रन बनाएको थियो ।  कालिकामाइ 88 रनको लक्ष्य पछ्याउने क्रम मा 15 ओभरमा 84 रनमा अल आउट भयो जसमा 3 रनले पोखरीया विजय हासिल गरेका छन ।  पोखरीया को बिकाश दास 4 ओभरमा 3 विकेट र 28 बल मा 38 रन बनाएर मेन अफ त मैच भएका छन ।

सखुवा प्रसौनी युवा समाजका सचीव सरोज पटेलाका अनुसार पहिलि दिन को खेल अपौनी हासिल गरेको थियो भने आज मंगलबार २ पटक २ वटालाई गरौदा पहिलो पटक को खेलमा बिन्दवासिनी बिजय हासिल गरेको थियो भने दिस्रो पटक को खेलमा पोखरिया बिजय हसिल गरेको थियो । त्यसै गरि भोलि बुधबार को दिन सखुवा प्रसौनी V/S छिपरमाई हुने सखुवा प्रसौनी युवा समाज का सचिव सरोज पटेलले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते मङ्गलवार