
२८ असार २०८१/ रोल्पा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) श्री अरनिको माध्यमिक विद्यालय कमिटि रोल्पाले त्रिवेणी गाउँपालिका रोल्पाका विद्यालयहरुबाट २०८० सालको माध्यमिक तहको परिक्षा एस.ई.ई. मा सहभागी भइ सर्वोत्कृष्ट नतिजा सहित उतिर्ण विद्याार्थीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा (अनेरास्ववियु) श्री अरनिको माध्यमिक विद्यालय कमिटि रोल्पालका अध्यक्ष मिलन घर्तीको अध्यक्षता त्यसैगरि नेकपा एमाले पोलिटब्यउरो सदस्य तथा संविधान सभा सदस्य गोकुल घर्तीको प्रमुख आथित्यता, त्रिवेणी गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाहाकार सदस्य कर्ण बहादुर बाँठा मगर विशिष्ठ आथित्यतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाठा मगर, २ नं. वडा अध्यक्ष कबिराज बुढा मगर, विभिन्न विद्यालयका शिक्षक तथा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रमको सञ्चालन अनेरास्ववियु श्री अरनिको माध्यमिक विद्यालय कमिटि रोल्पाकी सदस्य जमुना थापाले गर्नु भएको थियो ।




