२०८१ माघ २४ गते शुक्रवार

गणित,विज्ञान र अग्रेजी विषय शिक्षकहरुको लागि पेशागत क्षमता विकास तालिम सम्पन्न




रोल्पा ,१६ / त्रिवेणी गाउँपालिकाको आयोजनामा शुक्रबार देखी सुरु भएको विषयगत शिक्षकहरुको लागि आयोजित तिन दिने पेशागत क्षमता विकास तालिम सम्पन्न भएको छ । आ.वि. र मा.वि. तह गणित,विज्ञान,अग्रेजी विषय शिक्षकहरुका लागि Item Analysis तथा वर्तमान विद्यालय मुल्यांकन सम्बन्धी तीन दिने पेशागत क्षमता विकास तालिम सुरु भएको थियो । त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको अध्यक्षतामा सम्पन्न भएको समापन सत्रमा त्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्णबहादुर केसीको आतिथ्यता रहेको थियो ।


समापन सत्रमा सूचना प्रविधि अधिकृत भरत डि.सी. रोजगार संयोजक श्रीकृष्ण रोकाय , शिक्षा शाखा प्रमुख लिला घर्ती ,शिक्षा शाखाका सहायक धन बहादुर बस्नेत लगाएतको आतिथ्यता रहेको थियो ।
तिन दिन सम्म सन्चालन भएको तालिममा परीक्षा सन्चालनका लागि प्रश्नपत्र निर्माण कसरी गर्ने,वर्तमान विद्यार्थी मुल्यांकन पद्धतिमा क्षमता विकास गर्ने,विषयगत प्रश्नपत्र निर्माण बृद्धि गर्ने,प्रश्नपत्रमा हुनुनर्पे गुण विकास गर्न मद्धत गर्नु,विशिष्टिकरण तालिका र प्रयोग क्षमता विकास गर्नु र शिक्षकहरुको दक्षता विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८१ असार १६ गते आइतवार