
शुक्रबार ११ जेठ २०८० रोल्पा:
शुक्र माध्यमिक विद्यालय झुम्लुङ रोल्पाले हरेक बार खाना चार पोषण युक्त खाना कार्यक्रम आज एक कार्यक्रमकाे साथ सम्पन्न गरेको छ। उक्त कार्यक्रमको सञ्चालन विद्यालयकि शिक्षिका राधिका के.सीले गर्नुभएको थियो। कार्यक्रममा कक्षा १० का बिकल्प बुढा र कक्षा १० कै मिना ओली ले बिभिन्न प्रकार का पोषण युक्त खानाहरू देखाएर त्यस बाट पाइने भिटामिन र अन्य थुप्रै पौष्टिक तत्त्वहरूको बारेमा प्रष्ट पारेका थिए।

पोषण युक्त खानाहरू खुवाउने र जङ्गफुडको अनत्य गर्ने उदेश्यले सो कार्यक्रम गरिएको विद्यालय ले बताएको छ। पोषण युक्त खाना जङ्गफुडको अनत्य सम्बन्धी लोक गीत प्रतियोगिता गरिएको थियो। अर्गानिक पोषण युक्त खानाहरूकाे प्रत्यक्ष प्रसारण पनि गरेको विद्यालय ले बताएको छ।
कार्यक्रम को समापन विद्यालय को सह -इन्चार्ज तथा कार्यक्रमको सभा अध्यक्ष याम बहादुर बुढा ले गर्नुभएको थियोे ।



