२०८१ बैशाख ३१ गते सोमवार

मेयर बालेन भन्छन्- ‘गरिब र असहायको निःशुल्क उपचार काठमाडौं महानगरले गर्छ’



काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुनेछ ।’

उनले त्यसबारे टोल छिमेक वा आफन्तलाई समेत जानकारी दिन आग्रह गरेका छन् । प्रमुख बालेनले त्यसबारे विस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य विभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् । 

स्रोत : फरकधार 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार