२०८१ जेष्ठ १ गते मङ्गलवार

लुम्बिनी प्रदेशको सत्ता साझेदार दल जनता समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय



बुटवल बैसाख १० लुम्बिनी प्रदेशको सत्ता साझेदार दल जनता समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजिनामा दिएका छन् ।

गठबन्धन बनाउदा जनता समाजवादी पार्टी संग गरिएको सहमति बमोजिम २ जना सांसदलाई मन्त्री नवनाएपछि असन्तुष्ट रहेको जसपाले सरकारलाई दिएकाे समर्थन भने हाललाई कायमै रहने जनाएको छ।

हामी संग गरेको सहमति कार्यान्वयन गरेर सरकारमा सहकार्यकाे बिश्वसनीय बाताबरण बनाउनुस भनेका हाै तसर्थ त्याे बाताबरण नवने सम्म सरकारमा बस्ने अवस्था रहेन जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशाेक यादवले भने।

लुम्बिनी प्रदेश सभामा जनता समाजवादीका ३ जना सांसद छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार