२०८२ बैशाख ५ गते शनिवार

काङ्ग्रेसले आफ्नो शक्ति पहिचान गर्न सकेकाे छैन : केन्द्रीय सदस्य गेहेन्द्र गिरी



दाङ, २४ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले नेपाली काङ्ग्रेसले आफूभित्रकाे शक्ति पहिचान गर्न नसकेको बताएका छन् ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ काे दाेस्राे क्षेत्रीय सम्मेलनलाई सम्बाेधन गर्दै नेता गिरीले काङ्ग्रेसले आफ्नाे शक्ति पहिचान गर्ने नसक्दा राजनीतिक निर्णयमा अवसर पाउन नसकेको बताएका हुन् ।

पार्टीभित्रकाे रणनीति परम्परागत रूपमा चल्दै आएकाे छ । पार्टीभित्र अवसर पाउने र नपाउनेबिचकाे वैमनस्यताका कारण कतिपय स्थानमा पराजित हुन परेकाे छ, कतै गठबन्धन गर्नु परेकाे छ । यसकाे घाटा काङ्ग्रेसलाई लागेकाे छ ।´ नेता गिरीले थपे, काङ्ग्रेसलाई काङ्ग्रेसले हराउन सक्छ अरूले हराउन सक्दैनन् । यसलाई काङ्ग्रेसीहरूले बुझ्न जरूरी छ ।´ क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार