२०८१ पुष २८ गते सोमवार

राजेन्द्र महतो बाईकमा सवार,



पटक पटक नेपाल सरकारको मन्त्री बनेका राजेन्द्र महतोले हालसम्म मधेशको लागि गरेको योगदानहरू के के ?

सत्तामा बस्दै गर्दा मधेश र मधेशीको लागि पद जालाकी भनेर केही नबोल्ने विगतका इतिहासहरु ताज़ा अवस्थामा रहेको छ ।

वर्तमान समयमा आम मधेशका जनता सचेत भएपछि जनतालाई विश्वासका लागि महतोले देखाएको बाईक सवार र भुइँमा बसेर खाना खाएको तस्बिरले उनी वास्तविक मधेशवादी हो भनेर आम मधेशी जनताले बुझ्लान् ?

न्यायको निम्ति लगातार आन्दोलन गर्दै आएका मधेशकी छोरीले न्याय पाएको छैन , बरु उनको आन्दोलनमा समर्थन जनाएर राजेन्द्र महतोले लगातार न्याय प्राप्ति गराउनका निम्ति कुनै बाटो अपनाएको खण्डमा राम्रो ।

मधेशका केयौ समस्याहरू ओझेलमा परेको अवस्था रहेको हुनाले बरु सकिन्छ भने ती मुद्दाहरू उठाएर कुनै वैकल्पिक उपाय अपनाउँदा अशल हुन्छ ।

अब कुनै नेताले मधेशका जनताको आवाज उठाउँदै छु भन्छ भने उनले पहिले रमेश महतोको गाउँ र उनको घरमा गएर वास्तविक अवस्था बुझ्न जरुरी छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार