
फागुन २५ प्रहरीले श्रीमती हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका ३ झौखेल पिपलबोट डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ का सन्तोष भुजेललाई श्रीमती पवित्रा राईको हत्या आरोपमा पक्राउ गरिएको छ ।सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएकी पवित्राको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खबरपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भुजेललाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैईरहेकाे बताएको छ छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार