
फागुन २५ ,बुधबारमात्रै पदभार ग्रहण गरेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी २२ जनाको जम्बो टोलीसहित अमेरिका भ्रमण जाने भएकी छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कमिसन अन स्ट्याटस अफ वुमन’ को ६८ औं सत्रमा भाग लिनका लागि स्वीकृति प्रदान गरिसकेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार