माघ २२ तुल्सिपुर उपमहानगरपालिका वडा नम्वर ३ मा पर्ने थर्कोट लेकमा १८ औं कार्यपालिका बैठक बसेको हो ।तुलसीपुर उपमहानगर भित्र विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन विकासको आधार तयार गर्ने उद्देश्यले विकट क्षेत्रमा कार्यपालिका बैठक गरिएकाे नगरप्रमुख टिकाराम खड्काले जानकारी दिनु भएको छ थर्कोटमा कार्यपालिका बैठकको आयोजना गरिएको बताउनुभयो । यस्तैै तुलसीपुर उपमहानगरपालिका ३ का वडाध्यक्ष वीरबहादुर बि,कले ऐतिहासिक र पर्यावरणका दृष्टिकोणले महत्वपूर्ण मानिएको थर्कोटमा कार्यपालिका बैठक आयोजना सँगै उक्त क्षेत्रको विकासमा तीन तहका सरकारको ध्यान पुग्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले नेपालमा अङ्ग्रेज शासकहरुको आक्रमणलाई परास्त गर्नका लागि थुपारेर राखेका ढुङ्गा थर्कोटमा अझै रहेको समेत बताउनुभयो ।
खानेपानी सम्वन्धी ऐन भने १८ औँ कार्यपालिका वैठकमा टेवल भएको छ ।
कार्यपालिका बैठकले तुलसीपुर उपमहानगरपालिकाबाट संघ र प्रदेशमा माग गर्ने समपूरक अनुदान र बिशेष अनुदान अन्तरगतका छनौट गरेर प्राप्त भएका योजनाहरु माग गर्ने निणर्य समेत गरेको छ ।