२०८२ बैशाख ५ गते शनिवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात



माघ ४ मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् । गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा  ल्याई सोधपुछ भैईरहेकाे बताएको छ

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार