२०८१ चैत्र ७ गते शनिवार

तुलसीपुर वडा ३ स्थित पैयाखोरेबाट २० जनाले माओवादी केन्द्रमा प्रवेश



पाैस २९ तुलसीपुर उपमहानगरपालिका वडा ३ स्थित पैयाखोरेबाट २० जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बिभिन्न पार्टी परित्याग गरि उनीहरुले माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादीकै मन्त्री हुँदा पश्चिम दाङमा विकासको पहल आएकाले विकासमा हातेमालो गर्न आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरुको भनाई छ ।


लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङलाई विकसित दाङ बनाउन आफू लागि परेको भन्दै हातेमाले गर्न सबैमा अपिल गरेका हुन् । जनताको सहयोगले नै पश्चिम दाङमा विकास गर्न सकिने भन्दै त्यसमा सहयोगी बन्न उनले अपील गरेका हुन्
त्यस अवसरमा पार्टीका केन्द्रयि सल्लाहकार सेशुराम भण्डारी, प्रदेश कमटी सदस्य प्रेमराज वली, विरेन्द्र दंगाली, तुलसीपुर उपमहानगरकाका उपाध्यक्ष यज्ञबहादुर केसी, सचिब तुलाराम भण्डारी, नेताहरु यज्ञ केसी, घनश्याम डाँगीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार