पुस २७ ,एमाले रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत अगुवा कार्यकर्ता भेला, वैठक तथा भेटघाट कार्यक्रम आज माडी गाउँपालिकाको घर्तीगाउमा सम्पन्न भएको छ।
नेकपा एमाले माडी गाउँपालिकाका अध्यक्ष मोहन वलीको अध्यक्षता र नेकपा एमालेको पोलिटब्युरो सदस्य गोकुल घर्ती मगरको प्रमुख आतिथ्यता एबं एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको बिशेष आतिथ्यतामा सम्पन्न पालिका स्तरको वैठक तथा भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरुमा वडा र टोल स्तर सम्म जाने योजना बनाउनुका साथै पार्टीका जनवर्गीय संगठनहरुलाई पालिका, वडा र टोल स्तर सम्म विस्तार र कृयाशिल बनाउने निर्णय गरेको छ ।
भेलाले जनताहरूको विविध समस्या र सवालबारे सम्बन्धित गाँउपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तिन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता र भ्रष्टाचार देखिए खबरदारी गर्ने निष्कर्ष निकालेको छ। एमाले लुम्बिनी प्रदेश कमिटी उपसचिव पुर्ण बुढामगर, प्रदेश सदस्य प्रेम घर्ती, एमाले रोल्पाका अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, उपसचिव ठाकुर वलि, जिल्ला सदस्यहरु कमन बुढा, मोतिलाल डाँगि, फौदे घर्तीमगर, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा मगर, अनेरास्ववियु रोल्पा संयोजक सुर्य बि.क., लगायत नेताहरुको सहभागीता रहेको थियो ।
पार्टीका पालिका सचिवालय सदस्य हस्तबिर घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव अमृत खड्काले गर्नुभएको थियो। जिल्ला व्यापी संगठन सुदृढीकरण तथा भेटघाट अभियान अन्तरगतको सोहि कार्यक्रम शनिवार परिवर्तन गाँउपालिकामा हुने एमाले रोल्पाले जनाएको छ।