२०८१ पुष २८ गते सोमवार

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नारायणदत्त भट्ट विरूद्ध उजुरी




पाैस २४ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेकाे बताएको छ।
सत्तारुढ गठबन्धनकातर्फबाट आपांगतातर्फ उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपांगताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिनुभयो । । उक्त उजुरीमाथि निर्वाचन अधिकृतले २६ पुसभित्र निर्णय गरिसक्नुपर्नेछ

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार