
विनोद मण्डल, पुस १८ । सिरहाको धनगढीमाई १३ का वाडा अध्यक्ष सूर्यमान तामाङ आफ्ना वडाका खेलाडीहरुलाई प्रतसाहित गर्दै अगाडि बढाईरहनु भएको छ ।
विकासमा अग्रता कायम गर्दै आएका वाडा अध्यक्ष सूर्यमान तामाङले वाडा नम्बर १३ का बस्तीहरूमा भौतिक संरचना निर्माणको प्रक्रिया सँगै आमजनतालाई विकासको आभाष दिलाउन सफल भएका छन् ।
दूरदर्शिता कायम गर्दै वडामा आवस्यक पूर्वाधारहरुको अग्रिम खाका कोरेर विकाश जारी राखेपछि वाडा नम्बर १३ मा परिवर्तनका स्वरुपहरु हरेक क्षेत्रमा देखिएको छ ।
बाटो ,बिजुली , वाडा कार्यालय भवनको निर्माण, खानेपानीको सुरुवात , खेलाडीको मूल्यांकन गरी पटक पटक खेलाडीलाई आवयक सामग्री हस्तान्तरण , जग्गाको नापी ,नागरिकता प्रमाण पत्रको वितरण , धुवाँरहित चुलो वितरण लगाएतका आम जनतासंग सरोकार राख्ने विषयको अध्ययनलाई नजिकबाट नियाल्दै उनले चालेको कदमले वडामा चौतर्फी विकासका लहर सिर्जना भएको हो ।
उनले स्थानिय खेलाडीहरुलाई वाडा कार्यालय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि वाडा नम्बर १३ का फुटबल खेलाडीहरुलाई वुट ,प्याड, जुराफ (माेजा) र खेल ड्रेस उपलब्ध गराएका हुन ।
स्थानिय खेलाडीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले उनकै नेतृत्वमा गत वर्ष डावर गोल्डकपको आयोजना भएको थियो,जहाँ राष्ट्रका विभिन्न कल्वले भाग लिएर फुटबल खेलेका थिए भने भारतीय महिला टीम खेलाउन पनि सफल भएका थिए ।