२०८० फाल्गुन ९ गते बुधवार

मोटरसाईकल दुर्घटनामा परि एक व्यक्तिको मृत्यु



मोटरसाईकल दुर्घटनामा परि एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–७ का बिनोद गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएराती भिमाददेखी बेलचौतारा आउने क्रममा मोटरसाईकल अनियन्त्रीत सडकदेखी करिब ६० मिटर तल थाङ्दी खोलामा खसेको थियो । उक्त मोटरसाईकमा सवार २९ बर्षका अनोज गुरुङ र पछाडी सवार २७ बर्षका बिनोद गुरुङ घाईते भएका थिए । घाईते भएपश्चात उनिहरुलाई उपचारको लागि जिपि कोईराला ल्याईएको थियो ।

उपचारको लागि अस्पताल ल्याईएता पनि विनोदको मृत्यु भईसकेको अस्पतालले जनाएको थियो । हाल मोटरसाईकल चालक अनोजको लेखनाथ सिटी अस्पताल, पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार