२०८१ माघ २४ गते शुक्रवार

विजयनगरले गयो जाजरकोट भुकम्प पिडितलाई सहयोग



कपिलवस्तुको विजयनगर गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भरिका जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र शिक्षक कर्मचारीको सेवा सुविधा र तलब वापतको रकम भुकम्प पिडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

उनले भुकम्प पीडितको राहतका लागि राहत स्वरुप २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बताए । सेवा सुविधा र तलब वापत केही दिनको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको अध्यक्ष थापाले बताए ।

जनप्रतिनिधिको १ दिनको सेवा सुविधा र अधिकृत स्तरका कर्मचारीे २ दिनको तलब र सहायक स्तरका कर्मचारी÷शिक्षकको १ दिनको तलब जाजरकोटका भुकम्प पिडितलाई सहयोग गरिएकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए । उनले बिहिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा भइसकेको जनाए ।

गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भुकम्प गएको थियो । भुकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर भत्किएका छन् भने जनधनको ठुलो क्षति भएको छ

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार