२०८१ माघ ५ गते आइतवार

डोटीमा जिप दुर्घटनामा परि ४ जनाको मृत्यु



१९ कार्तिक । डोटीमा जिप दुर्घटनामा परि ४ जनाको मृत्यु भएको बताएको छ । डोटीको शिखर नगरपालिका-६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।बाजुराको हिमाली गाउँपालिका-५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।

घाइते डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले बताएकाे छ ।
चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ गरिएकाे छ ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार