२०८१ माघ ५ गते आइतवार

लमहीका समाजसेवी र युवा भुकम्प प्रभावित जिल्ला जाजरकोट तिर राहत सामाग्री बोकेर



भुकम्प प्रभावित क्षेत्रमा उद्धारका सामग्री र राहत उपलब्ध गराउने उदेश्य सहित सात जना युवाहरुको टाेलि जाजरकोट गएका हुन् । राहत लिएर जानेहरुमा लमही निवासी डिल्लीराज खनाल,दिनेश आचार्य,किरण खनाल, सुदिप पाण्डे,गाेविन्द पुलामी,अभिषेक पाेख्रेल, बाबू राेका मगर लगायत ७ जनाले ६ लाख बराबरको राहत सामाग्री लिएर जाजरकोट हिडेकाे टिम लिडर डिल्लीराज खनालले जानकारी दिनु भयो ।

त्यस्तै खाद्यान्नहरुमा चामल, दाल, चिउरा, नुन, तेल सहित लत्ताकपडा लगिएको छ । सो राहत उपलब्ध गराउनेहरुमा लमहीबाट बाबुराम भुसाल, सानुराम खनाल, कमल गिरी लगायत र तुलसीपुरबाट देउराली युनिफमका केसब खनालबाट करिब ३ लाख बराबरको कपडा सहयोग भएको छ । शुक्रबार हिजो राति ११: बजेर ४७ मिनेटमा जाजरकोट केन्द्र बिन्दु बनाएर ६.४ रेक्टरको भुकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् भने मृतक र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ । अहिले भुकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, शस्त्र प्रहरी, नेपाल प्रहरी,विभिन्न संघ,संस्थाहरु उद्धार कार्यमा खटेका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार