
निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को तयारी कक्षा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका जुगार रोल्पाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फको स्वीकृत लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा अन्तर्गत निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तयारी सहजीकरण कार्यक्रमको बजेट शिर्षकबाट तयारी कक्षा सञ्चालन गरिएको हो । त्रिवेणी गाउँपालिका भित्र रहेका अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुन आवेदन फाराम भरेका गाउँपालिकाका ११३ जना व्यक्तिहरु उक्त कक्षाबाट लाभान्वित भएका छन्

तयारी कक्षा १३ दिन सम्म सञ्चालन भएको हो । तयारी कक्षाको प्रशिक्षकमा शिक्षा अधिकृत श्री मन बहादुर खड्का, शिक्षा प्राविधिक सहायकहरु डिल्ली बहादुर श्रेष्ठ र डेमराज पुन, वडा सचिव शुकलाल घर्ती लगायतले प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै एक सहभागीले गाउँपालिकाले सम्पूर्ण विद्यार्थीको टाढा-टाढा गएर पढ्नु पर्ने समस्या समाधान गरेको घरैबाट आएर पढ्ने व्यवस्था गरेकोमा आभार प्रकटका साथेै पालिकाले गरेको लगानी खेल जान नदिने कुरा समेत उल्लेख गर्नुभएको छ ।
त्यस्तै कार्यक्रमको समापनसत्रमा बोल्दै कार्यक्रमका सभाअध्यक्ष तथा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले पालिकाले विद्यार्थीको आवश्यकतालाइ मध्येनजर गरेरै यो कार्यक्रमको आयोजना गरेको बताउदै , पालिकाले गरेको विश्वास र उदेश्यलाई सार्थक तुल्याउन सबैको अतुलनीय सहयोग गर्नुहुनेछ , भन्दै सफलताको शुभकामना समेत दिनुभएको छ ।
कार्यक्रमको समापन समारोहमा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा मगर , वडा नं. २ का वडा अध्यक्ष कबिराज बुढा , वडा नं. ४ का वडा अध्यक्ष गंगा प्रशाद घर्ती , त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराई ,कार्यपालिका सदस्य परविर वि.क., प्रशासन प्रमुख प्रेम प्रकाश पुन , बाल बल्याण अधिकारी धरेन्द्र प्रसाद डाँगी लगाएतको उपस्थिति रहेको थियोे ।
निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक कार्तिक १८
