२०८२ बैशाख ७ गते सोमवार

सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक जनाकाे मृत्युु भएको छ



जिल्लाको बागचौर नगरपालिका ७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुईजना युवाले कुटपिट गर्दा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घटना गत ४ गते भएको भएपनि पिडित परिवारले हिजाे ७ गते बेलुका मात्रै प्रहरीलाई जानकारी गराएका थिए। साेहि ठाउँ स्थित स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेकाे र कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा भारतको लखनउमा मृत्युु भएको भन्ने खबर परिवारले इलाका प्रहरी कार्यालय थारमारेले हिजाे बेलुका मात्रै जानकारी गराएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन

कुटपिटमा संलग्न रहेका सन्तोष ओलीलाई दाङ प्रहरीकाे सहयाेगमा दाङबाट पक्राउ गरि अहिले सल्यान ल्याउदै गरेकाे बताएको छ र केशर ओली फरार रहेकाले खाेजिकार्य भैइरहेको डिएसपी कार्कीले बताए।छन

घटना भएको पुरानछापकाे स्थानीय विद्यालयमा भलिबल खेल्न जम्मा भएपछि स्याला भन्ने ठाउँका केशर र सन्तोष पनि भलिबल खेल्ने मैदानमा आएर घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भने तर घनश्यामले उनिहरुलाई नढाेगेपछि घटना भएको पिडित परिवारले प्रहरीलाई बयान दिएको छ।

त्यसपछि उनिहरु दुवै जनाले घनश्यालाई पालैपालो हानेको पीडित परिवारले बताएको छ । घनश्यामले पिटाइ खाइसकेपछि बेलुका घरमा आएर टाउको दुखेको छ भनेर खाना नखाई सुतेको र त्यसबेला घटनाबारे परिवारलाई घटनाबारे परिवार ६ गते मात्रै थाहा दिएपछि
बागचौर स्थित जनप्रिय मेडिकलमा लिदा शरिर भित्र रगत जमेको बताएपछि उनिहरु भारतकाे लखनउ पुगेका घनश्यामकाे उपचारको क्रममा आज बिहान मृत्यु भएको बताएको छ

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार