२०८१ माघ २५ गते शनिवार

वाडा अध्यक्षको चमत्कार एक हप्तामै सन्चालन भए नेटवर्क



विनोद मण्डल कात्तिक ०१ । सिरहाको विकट रहेको धनगढीमाई १४ का बस्तीहरूमा मोबाइल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित ठकुरीले टावरको लागि खेलेको महत्त्वपूर्ण भूमिका आज पुरा भएको छ ।

नियमितको दौडधुप आज औपचारिक रूपमा समाप्त भएको छ ।

धनगढीमाई १४ का बस्तीहरू गागन, मागन, अमले, चकमके,मैनी चटयान, बिजुली पानी, पल्लार, मोतीश्री, मडयान , देउसे, महाजनी, खुट्टी, दलमे, राईरेनी, अमबास , हातिढुगा , करम चौरी, कसाई टार, चिहान डाँडा, अमिल्टार लगाएतका बस्तीहरूमा विगत लामो समयदेखि एनसेल र एनटिसी मोबाइल नेटवर्कको समस्या भोग्दै आएका स्थानियलाई २१ औं सताब्दीको आधुनिक युगको आभास दिलाउनका लागि धेरै लामो संघर्ष र मेहनत गरेर वडा अध्यक्ष अमित ठकुरीले उपहार स्वरूप धनगढीमाई नगरपालिकाको वार्ड न १४ का लागि नेपाल टेलिकमको टावर ल्याएर सञ्चालन गराउनमा सफल भएको छ ।

टावरको सामग्री ल्याएर टावर निर्माण थालिएको करिब करिब एक हप्तामै सम्पूर्ण तयारी भएपछि आज औपचारिक रूपमा दिउसो १ बजेर ३० मिनेटमा नेटवर्कको लागि हावामा नेटवर्क छोडिएको हो ।

१८ मीटरको ग्राउन्ड बेस पोल टावरको निर्माण पछि 2 G सेवा सञ्चालनमा आएको नेपाल टेलिकम लाहान सिरहाका इन्जिनियर ओम प्रकाश सिंहले बताउनु भएको छ ।

2 G सेवा सञ्चालनमा आएपछि स्थानीय युवा सञ्जय राउतले चकमके स्थित स्थानिय गोकुल पोखरेललाई १ बजेर ४१ मिनेटमा टावर भएको ठाउँबाट पहिलो पटक फोन गरेका थिए ।

फोनमा स्पस्ट सुनिएको समाजसेवी गोकुल पोखरेलले बताउनु भएको हो ।

तिहार पछि 4G सेवा सञ्चालन हुने नेपाल टेलिकम सिरहाले बताएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार