२०८१ बैशाख ९ गते आइतवार

लुम्बिनीका मुख्यमन्त्रीले यातायात मन्त्री ज्वालालाई फोनमा भने – सल्यानको बाटो त खत्तमै रैछ, छिटो बनाउनु पयो



असाेज २९

दाङको तुलसीपुरदेखि रोल्पाको जिनावाङसम्मको यात्रा गर्ने अवशर जुयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कृषि मन्त्री भण्डारीलाल अहिर, यसअघिका अर्थमन्त्री रोल्पाबासी नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, दुबै मन्त्रालयका सचिव लगाएतको जम्बो टोली दाङबाट रोल्पाको यात्रामा निस्किएको थियो । त्यो यात्राका क्रममा झन्डै आधा दर्जन गाडी गुडिरहेका थिए ।

रोल्पाको गंगादेव गाउँपालिका – ३ जिनावाङमा स्थानीय किसानले गर्दै आएका कृषि कर्मको अनुगमन गर्ने उदेश्यले टोली रोल्पा जाँदै थियो ।

रोल्पा जिल्लालाई कृषि हवको रुपमा विकास गर्न केही गर्न सकिन्छ कि ? भनेर मुख्यमन्त्री चौधरीसहितको टोली त्यता जाँदै थियो । रोल्पाको जिनावाङ जिल्लाकै बढी आलु उत्पादन हुने क्षेत्र हो । यहाँका स्थानीयले आलु बेचेर बर्षेनी लाखौं भित्र्याउने गर्छन । यहाँको आलु देशका बिभिन्न ठूला सहरमा पुग्छ । आलुका साथै यहाँ बिभिन्न खाले सिजनल तरकारी खेती हुँदै आएको छ ।

यहाँका किसानले किबी खेती होस वा बाख्रा पालनबाट राम्रो आम्दानी लिदै आएका छन् । सोही क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै कृषि उत्पादनसंग सडक जोड्ने प्रदेश सरकारको योजना अनुरुप आँफु जिनावाङ जान थालेको मुख्यमन्त्री चौधरीले यात्रा अघि नै बर्णण गरेका थिए ।

पत्रकारहरु छुट्टै एउटा गाडिमा थिए । मुख्यमन्त्री लगाएत मन्त्रीको स्कटिङमा खटिएका प्रहरी धुलोबाट जोगिन रेनकोट लगाएका भएपनि उनीहरु यात्राको क्रममा सल्यानको कपुरकोट पुग्दा नपुग्नै धुलोले पुरै छोपिएका थिए ।

भिआइपीको सवारी जहाँ पायो त्यही जंगल क्षेत्रमा रोक्नपनि नमिल्ने । गाडीहरुको लावा लस्कर एकै पटक रोल्पाको कोइला क्षेत्रमा पुगेर बल्ल रोकियो । मुख्यमन्त्री कार्यालकी मुख्य सचिव आउँदै गरेको र उनलाई पर्खिने कि भनेर केहीले कुरा गरे ।

त्यहाँ स्कटिङका लागि पछाडि बसेका उनीहरुले गाडी रोकिएको ठाउँमा झरेर धुलो झारेपछि बल्ल उनीहरुको अनुहार चिन्न मिल्ने भएको थियो ।

सुरक्षाको दृष्टिकोणले सुरक्षाकर्मीका लागि अलग गाडी हुन्छ । अगाडि बस्ने बाहेक पछाडिका सुरक्षाकर्मी खुल्ला गाडीमा बस्नु पर्छ । धुलो झारी सकेपछि पछाडि गाडीको ढालामा बसेका मध्य एक जना प्रहरीले आफ्नो र साथीहरुको अवस्था देखेर दिकदारी ब्यक्त गरे ।

मुख्यमन्त्री चौधरी, कृषि मन्त्री अहिर लगाएत सबै कर्मचारी गाडीबाट ओर्लिएका थिए । त्यतिखेरै मुख्यमन्त्री चौधरीले संघीय यातायात मन्त्री प्रकाश ज्वालालाई फोन सम्पर्क गरे । उनीहरुका बीचमा फोन सम्बाद सुरु भयो । यातायात मन्त्रीले के कुरा भने त्यो भने थाहाँ भएन ।

तर, त्यस क्रममा मुख्यमन्त्रीले राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुरदेखि सल्यान जाने बाटो निकै खराब रहेको हुँदा छिटो बनाउन आग्रह गरि रहेका थिए ।

‘तुलसीपुरदेखि सल्यानको बाटो त साह्रै खराब छ हो मन्त्रीज्यू,’ उनले प्रश्न गरे ‘छिटो बनाउनु प¥यो नि त,तपाँइको पालामा नबने कस्को पालामा बन्छ ? फेरि मरिचमान श्रेष्ठलाई खोज्न जाने ?’

२०४६ सालमा बहुदल आउनु भन्दा पहिला सल्यानका मरिचमान श्रेष्ठ प्रधानमन्त्री थिए । स्वर्गिय मरिचमानले सल्यानको बिकास निर्माणमा ठूलो योगदान गरेका थिए । त्यही कुरा मुख्यमन्त्री चौधरीले यातायात मन्त्री ज्वालालाई स्मरण गराइरहेका थिए ।

यातायात मन्त्री ज्वालाले दशैं अगाडि राजमार्गका सबै खाल्डा खुल्डी पुरी सक्ने बताएपनि पटक्कै त्यसो हुन सकिरहेको छैन । तराई क्षेत्रका भन्दा पहाडी क्षेत्रका सडक खण्ड बर्षाका कारण खाल्डै खाल्डा परेको हुँदा त्यसले सर्वसाधारणको यात्रा निकै कष्टकर मात्रै बनेको छैन दुर्घटनाको जोखिमपनि उत्तिकै छ ।

मन्त्री ज्वालाले पनि मुख्यमन्त्रीलाई केही कुरा भनिरहेका थिए । मन्त्री ज्वालाको कुरामा मुख्यमन्त्री चौधरीले दाङदेखि फालावाङ झर्ने बाटो टेन्डर गर्न भनि सकेको जानकारी दिइ रहेका थिए ।

उनीहरुका बीचमा तुलसीपुर – घोराही सडक खण्डका बारेमा पनि कुरा भयो सायद । उताको कुरामा सही थप्दै मुख्यमन्त्री चौधरीले अलपत्र चार लेन तुलसीपुर – घोराही सडक खण्डको नामपनि लिएका थिए । सायद उनीहरु फेरि दाङ सल्यान सडक खण्डमै केन्द्रित भएका थिए । मुख्यमन्त्रीले अन्तिममा भनेका थिए ‘ दाङ खण्ड अर्थात तलको बाटो हामी सुरु गर्छौं र उत्तर खण्ड सल्यान तिरको बाटो तपाँइ सुरु गर्नुहोस ।’

त्यसपछि फेरि मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई फोन सम्पर्क गरे । दाङ– सल्यान सडक खण्डको बिजोग अवस्थाको सोही कुरा दोह¥याए । चाडपर्वको समयमा पनि सर्वसाधारणको यात्रा निकै कष्टकर र जोखिम युक्त बनेको कुरा गर्न थाले ।

यता दाङ खण्ड तलतिर हामी बनाउँछौं र उता उत्तर तर्फ बनाउनका लागि तपाँईले पहल गर्नु पर्छ भन्ने कुरा गरे ।
कर्णालीका मुख्यमन्त्री शर्माले सायद कमजोर आर्थिक अवस्था र राज्यको कुरा गरे ।

जबाफमा लुम्बिनीका मुख्यमन्त्री चौधरीले हाँस्दै भनेका थिए ‘ राज्य त तपाँइ नै हुनुहन्छ क्यारे , मैले कर्णाली राज्य संग कुरा गरिरहेको छु । राज्य त छँदै छ र एक चोटी गृहमन्त्रीलाई पनि प्रेसर दिएर भएपनि सबैलाई राखेर एउटा मिटिङ गरि काम गर्नु पर्छ । यो अलि भएन । हाम्रो मात्रै बल पुगेन । दाङ– सल्यान– रोल्पा यात्रा गर्न निकै सकस छ ।’

लुम्बिनीका मुख्यमन्त्री चौधरीले तुलसीपुर – सल्यान कपुरकोट जोड्ने बाटोलाई बिशेष प्राथमिकतामा राखेर हेरिदिन आग्रह गरे । दुई मुख्यमन्त्रीका बीचमा के कुरा भयो खै ? त्यसपछि लुम्बिनीका मुख्यमन्त्री चौधरी लामो हाँसो हाँसे ।

कता हो सुर्खेत मै हो ? लुम्बिनीका मुख्यमन्त्रीले सोधे । ‘लौ अब हामी छिट्टै बस्ने ? तपाँई कहाँ बस्ने कि म कहाँ बस्ने,’ मुख्यमन्त्री चौधरीले भनिरहेका थिए ‘ कि तपाँईलाई लुम्बिनीमा बोलाउँ म अब । प्रधानमन्त्रीलाई टाइम लिनुप¥यो तपाँईले लिएपनि मैले लिएपनि र लुम्बिनीमा गर्ने भए गरि हाल्नु पर्छ ।’

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार