२०८० मङ्सिर २५ गते सोमवार

ऐेतिहासिक सिद्धपोखरी नेर्पा मेला सम्पन्न



रोल्पा । ऐेतिहासिक सिद्धपोखरी नेर्पा मेला सम्पन्न भएको छ ।
परम्परा देखिनै चतुर्दशीको दिनबाट मेला लाग्दै आइरहेको छ ।

उक्त मेलाको अवसरमा श्री जनजागृति नमुना माध्यमिक विद्यालय जुगारले आयोजना गरेको कार्यक्रमहरुको उत्घाटन श्री जनजागृति नमुना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुर्ण केसीको अध्यक्षता तथा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको प्रमुख आथित्यतामा असोज ११ गते सुरु गरिएको थियो , भने १४ गते समापन भएको हो ।


मेलाको अवसरमा श्री जनजागृति नमुना माध्यमिक विद्यालय त्रिवेणी – ५ रोल्पाले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको थियोे ।
खुल्ला भलिबल प्रतियोगितामा बिजेता राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुल्सिपुर दाङ , उप-बिजेता वाइसीएल नेपाल रोल्पा , फाईनलिष्ट ४ मा पर्ने अन्य २ समुह नेपाल तरुण दल त्रिवेणी गाउँपालिका रोल्पा र आयोजक रहेको छ ।


त्यस्तै डबलमेन्स ब्याडमिन्टन प्रतियोगितामा बिजेता त्रिवेणी गाउँपालिका र‍ोल्पा, उप-बिजेता परिवर्तन गाउँपालिका रोल्पा ,फाईनलिष्ट ४ मा पर्ने अन्य समुह डरुवा र सिम्पानि रहेको छ ।
सामुहिक नृत्य तर्फ नेत्रज्योति युवा कल्व त्रिवेणी-४ चक्रि प्रथम, जनजागृति नमुना माध्यमिक विद्यालय द्वितीय , लुम्बिनी सांस्कृतिक प्रतिष्ठान जुगार तृतीय भएको छ , भने खुल्ला लोक दोहोरी तर्फ रिमिक्स दोहोरी त्रिवेणी-७ प्रथम, जनजागृति नमुना माध्यमिक विद्यालय द्वितीय , लुम्बिनी सांस्कृतिक प्रतिष्ठान जुगार तृतीय भएको छ।
प्रतियोगितामा विजयी समुहहरुलाई पुरस्कारको साथमा प्रमाण-पत्र समेत प्रदान गरिएको छ ।

भलिबल खेलको रेफ्रिमा वीर बहादुर कवँर र झलक बुढा मगर रहनुभएको थियोे । भने डबलमेन्स ब्याडमिन्टन प्रतियोगिताको मुख्य रेफ्रिको रुपमा लुम्बिनी प्रदेश ब्याडमिन्टन संघका सदस्य हरि प्रशाद वली रहनुभएको थियोे ।

  • खुल्ला भलिबल तर्फ:
    • बिजेता पुरस्कार रु.५० हजार
    • उप-बिजेता पुरस्कार रु.३० हजार
    • फाइनलिष्ट पुरस्कार रु. १०/१० हजार
  • डबलमेन्स ब्याडमिन्टन तर्फ:
    • बिजेता पुरस्कार रु.१२ हजार
    • उप-बिजेता पुरस्कार रु.७ हजार
    • फाइनलिष्ट पुरस्कार रु. ४/४ हजार
  • सामुहिक नृत्य तर्फ:
    • प्रथम पुरस्कार रु.७ हजार
    • द्वितिय पुरस्कार रु.५ हजार
    • तृतीय पुरस्कार रु. ३ हजार
  • लोक दोहोरी तर्फ:
    • प्रथम पुरस्कार रु.५ हजार
    • द्वितिय पुरस्कार रु.३ हजार
    • तृतीय पुरस्कार रु. २ हजार

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार